दफा २६
कम्पनीको छाप र सोको प्रयोग
: (१) आफ्नोकारोबारमा छाप प्रयोग गर्न चाहने कम्पनीले स्पष्ट
देखिने अक्षरमा आफ्नोनामको छाप बनाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको छाप प्रयोग गर्ने कम्पनीको तर्फबाट पेश हुने प्रतिवेदन,
अभिलेख तथा कम्पनीको नामबाट प्रयोग हुने व्यापारिकपत्र, हिसाब किताबको विवरण, बील,
बिजक, माग आदेश फाराम, कुनै सूचना तथा कम्पनीका आधिकारिक प्रकाशनहरु, विनिमेय
अधिकारपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र र कम्पनीको तर्फबाट सही गरिएका वा जारी गरिएका
आधिकारिक लिखतहरुमा प्रयोग गर्नु पर्नेछ ।
(३) कुनै व्यक्तिले कम्पनीको तर्फबाट उपदफा (२) मा उल्लेख भएका लिखतहरुमा सही
गर्दा कम्पनीको नाम नखुलाएमा त्यस्तो व्यक्ति नै सोको लागि व्यक्तिगत रुपमा जवाफदेही हुनेछ ।